कानुनको पूर्ण पालना गर्न सहकारी संस्थाहरुलाई विभागको आग्रह

 असार ४, २०८१ मंगलबार ९:५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – सहकारी विभागले प्रचलित कानुनी व्यवस्थाको पूर्ण परिपालना गर्न सहकारी संस्थाहरुलाई आग्रह गरेको छ। कानुनको परिपालना गर्दै सदस्यको बचत समयमै फिर्ता गर्न र ऋण तथा बाँकी बक्यौता असुली गर्ने तर्फ थप क्रियाशील रहन विभागले सहकारीलाई आग्रह गरेको हो ।

विभागले सूचना निकालेर सहकारीबाट लिएको ऋण समयमै भुक्तानी गर्नसमेत सदस्यलाई आग्रह गरेको छ । सम्झौता वा सर्तबमोजिम ऋण लिएको हो, त्यही बमोजिम ऋणको साँवाब्याजलगायतका रकम सम्बन्धित सहकारी संस्थामा समयमै भुक्तानी गरी जिम्मेवार सदस्यको दायित्व पूरा गर्न विभागको आग्रह छ ।

सहकारी संस्थामा सदस्यको बचत रकम नै कर्जाका रूपमा प्रवाह हुने र ऋणी सदस्यले समयमा नै आफूले भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज चुक्ता नगर्दा सदस्यको बचत फिर्तामा नकारात्मक असर परेकोतर्फ विभागले ध्यानाकर्षण गराएको छ ।

यस्तै अब एक महिनाभित्र सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस प्रणाली) मा आबद्ध नहुने सहकारी संस्थाको दर्ता खारेज हुने भएको छ । विभागले एक महिनाभित्र अनिवार्य आबद्धताका लागि सूचना जारी गर्दै निर्देशनको अटेर गरे कानुनबमोजिम दर्ता खारेजीसम्मको कारबाही गरिने जनाएको छ । 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया