अत्यधिक गर्मीले गाजामा ठूलो मानवीय सङ्कट आउन सक्ने डब्ल्यूएचओको चेतावनी

 असार ८, २०८१ शनिबार १८:२९:३२ | एजेन्सी
unn.prixa.net

एजेन्सी

अत्यधिक गर्मीले प्यालेस्टाइनको गाजामा ठूलो मानवीय सङ्कट आउन सक्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चेतावनी दिएको छ । हमास र इजरायलको युद्धका कारण विस्थापित भएका लाखौँ मानिसलाई चर्को गर्मीले नराम्ररी सताउन सक्ने डब्ल्यूएचओले चेतावनी दिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

गाजाका हजारौँ विस्थापित गर्मीसँगै हिट स्ट्रोक र विभिन्न रोगका कारण गम्भीर समस्या नजिकै रहेको डब्ल्यूएचओका गाजा र वेस्ट बैंकका प्रतिनिधि रिचर्ड पिपरकोर्नले बताउनुभएको छ । गर्मीसँगै पानी झनै दुषित हुने र उच्च तापक्रमको कारण मौज्दातमा रहेको खाना चाँडै बिग्रने उहाँको भनाइ छ ।

यस्तै लामखुट्टे, सर्प र झिँगा जस्ता जीवका कारण पनि विस्थापितको शिविरमा विभिन्न प्रकोप फैलन सक्ने डब्ल्यूएचओको चेतावनी छ । गाजाका विभिन्न ठाउँमा झन्डै १२ लाख जना जना शरणार्थी रहेका छन् । अहिले संसारका विभिन्न ठाउँमा गर्मीको कारण सयौँ जनाको ज्यान गइरहेको बेला गाजामा पनि गर्मीले जनजीवन कष्टकर बनाउन सक्ने डब्ल्यूएचओको चेतावनी छ ।

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया