वीरगन्ज महानगरमा २ अर्ब ८९ करोड ४८ लाख रुपैयाँको बजेट प्रस्तुत

 असार ८, २०८१ शनिबार १८:५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वीरगन्ज महानगरपालिकाले आउँदो आर्थिक वर्षको लागि दुई अर्ब ८९ करोड ४८ लाख रुपैयाँको बजेट ल्याएको छ । आज बसेको १५ औं नगरसभामा बजेट प्रस्तुत भएको हो । वीरगन्जले आउँदो आर्थिको वर्षको लाग चालू वर्षभन्दा ६२ करोड रुपैयाँ घटाएर बजेट सार्वजनिक गरेको छ ।

समानीकरण अनुदान रकमअन्तर्गत अन्तिम त्रैमासिकको २५ प्रतिशत रोक्का रहेको, संघीय सरकारकै राजश्व घट्दा राजस्व बाँडफाँड घट्न गएको, घरजग्गा रजिस्ट्रेसन लगायतका आय स्रोतसमेत घटेकाले बजेटको आकार घटाउनु परेको महानगरले जनाएको छ ।

वीरगन्जले चालु खर्चतर्फ दुई अर्ब चार करोड ६६ लाख अर्थात् ७० दशमलव ७ प्रतिशत छुट्याएको छ भने पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख आठ हजार अर्थात् २८ दशमलव १ प्रतिशत बजेट विनियोजन गरेको छ ।

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया