अर्थसचिवकाे दाबी : आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्‍याउन सकिन्छ

 असार ९, २०८१ आइतबार १८:१९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले आउँदो आर्थिक वर्षमा आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्याउन सकिने दाबी गर्नुभएको छ ।

काठमाण्डौमा आज भएको एक कार्यक्रममा अर्थसचिव मरासिनीले अर्थतन्त्रमा सुधार हुँदै गएकाले आउँदो आर्थिक वर्ष २०८१/०८२ मा आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउन सकिने अवस्था रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रमा बाह्य क्षेत्र सुधार हुँदै गएको र निर्यात पनि बढेको अवस्था रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयाे, ‘मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा केही लचकताको पछिल्लो समय परिणाम पनि देखिँदै आएको छ । आउँदाे आर्थिक वर्षका लागि आर्थिक वृद्धिदर ६ प्रतिशत राखे पनि ७ प्रतिशतसम्म पुर्‍याउन सकिन्छ ।’

सचिव मरासिनीले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षापछि घरजग्गाको कारोबार, राजस्व र शेयर बजारमा पनि सुधार भइरहेको बताउनुभयो । उहाँले वाणिज्य बैंकहरूले लगानीयोग्य रकम लगानी गर्न सक्नुपर्ने बताउनुभयो ।

सरकारले अर्थतन्त्रको अवस्थालाई हेरेर बजेटको आकार र राजस्वको लक्ष्य निर्धारण गरेको अर्थसचिव मरासिनीकाे भनाइ थियो ।

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया