पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
विगत एक दशकमा एसईईको नतिजामा कुनै सुधार भएको छैन । पहिलेको पास/फेल प्रणाली पनि अहिलेको जस्तै हो । यसले वर्तमान शिक्षण र सिकाइ विधिको प्रभावकारिताको बारेमा चिन्ता बढाउँछ । यदि विद्यार्थीको सिक्ने तरिका १० वर्षमा परिवर्तन भएन भने, उनीहरूको शैक्षिक प्रदर्शनमा उल्लेखनीय सुधारको अपेक्षा गर्नु अवास्तविक हो । विद्यार्थीलाई उनीहरूको पूर्ण क्षमता हासिल गर्न शिक्षाको लागि नयाँ नीति बनाउन आवश्यकता छ ।
यसपालिको एसईईको नतिजा सन्तोषजनक छैन । राज्यले १० वर्षसम्म एक विद्यार्थीमा गरेको लगानी व्यर्थ भएको छ । लगानी अनुसारको राम्रो प्रतिफल मिलेन । त्यसैले सही तरिकाले लगानी गर्दा मात्र सही नतिजा निस्किन्छ ।
सरकारले ध्यान नदिएको शिक्षा प्रणाली
राज्यले शिक्षामा धेरै लगानी गरेको देखिए पनि अपेक्षित नतिजा प्राप्त भएको छैन । सरकारले समावेशी नीति बनाउन सकेको छैन र सिकाइसँग लगानी जोडिएको छैन । शिक्षामा धेरैजसो लगानी चालू खर्चमै जान्छ । सरकारले शिक्षामा गरेको खर्च हेर्दा विद्यालयमा डिजिटल बोर्ड, खेल सामग्री र पर्याप्त सुविधा उपलब्ध हुनुपर्ने हो तर शिक्षकको तलब, भत्ता, र अरू भौतिक पूर्वाधार निर्माणमा खर्च सकिन्छ । यसले सरकारको चालू खर्च शिक्षाको गुणस्तर सुधारसँग सम्बन्धित छैन भन्ने देखाउँछ ।
समस्या सार्वजनिक विद्यालयमा छ । केही लगानी भएका विद्यालयमा नतिजा राम्रो आएको छ, तर अधिकांश विद्यालयले शिक्षामा राम्रो लगानी गर्न सकेका छैनन् । ती ठाउँमा शिक्षा खस्किएको छ । शिक्षकले पुरानै तरिकाले पढाइरहेका छन्, जसका कारण नतिजा राम्रो आउँदैन । शिक्षण र सिकाइका साधन, शिक्षकको दक्षता बढाउने कार्यक्रम, शैक्षिक सामग्री निर्माण र शिक्षकलाई तालिम दिने जस्ता कुरामा सरकारको कुनै लगानी छैन । यसै कारणले सिकाइको स्तरमा सुधार हुन सकेको छैन ।
प्राथमिक र आधारभूत शिक्षा नै कमजोर
नेपालको शैक्षिक प्रणाली कमजोर छ । प्राथमिक र आधारभूत तह भनेको विद्यार्थीको आधारशिला हो । यदि यो जग बलियो छैन भने, माध्यमिक तहको शिक्षा पनि बलियो हुन सक्दैन । एसईईको समयमा मात्र नतिजा राम्रो ल्याउन केन्द्रित भएर हुँदैन । त्यसका लागि प्राथमिक र आधारभूत शिक्षा प्रणालीलाई सुदृढ बनाउन आवश्यक छ ।
स्थानीय तहको लापरबाही
स्थानीय तहको लापरबाहीले विद्यालयको शैक्षिक गुणस्तरमा असर परेको छ । संघीयता आइसकेपछि विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने काम स्थानीय सरकारको पनि हो । स्थानीय सरकारको लगानी रहेको विद्यालयको नतिजा राम्रो देखिन्छ, तर धेरै स्थानीय सरकारले आफ्नो क्षेत्रमा रहेका विद्यालयमा राम्रो लगानी गर्न सकेका छैनन् । यसले विद्यालयको शिक्षण, सिकाइ, र गुणस्तर सुधार हुन सकेको छैन । यसरी सार्वजनिक विद्यालयले न शिक्षकलाई दक्ष बनाउन सक्छन्, न शिक्षाको गुणस्तर नै सुधार्न सक्छन् ।
शैक्षिक लगानीमा राज्यको उदासीनता
शैक्षिक लगानीमा राज्यको उदासीनता स्पष्ट देखिन्छ । आर्थिक समस्या नभएका परिवारका बालबालिकाले गुणस्तरीय शिक्षा र राम्रो मार्गदर्शन पाउँछन् । पैसा नहुनेले आफ्ना बालबच्चालाई राम्रो विद्यालयमा पढाउनसमेत सक्दैनन् । यसका कारण त्यस्ता विद्यार्थीको शैक्षिक र सिकाइ उपलब्धि राम्रो हुँदैन । उनीहरूले सजिलै सहयोग र सल्लाह सुझाव पनि पाउँदैनन् ।
गरिब घरका अभिभावक शिक्षाप्रति चेतनशील हुँदैनन्, जसका कारण उनीहरूका बालबालिका नै पछाडि परेका हुन्छन् । अभिभावकले गर्न नसक्ने अवस्थामा राज्यले अभिभावकको भूमिका निभाउनु पर्छ, तर यसमा राज्य चुकेको छ । सम्पन्न परिवारभन्दा गरिब र विपन्न परिवारका बालबालिकाले कुनै सहयोग पाउँदैनन् । त्यस्ता विद्यार्थीलाई सहयोग प्रणाली विकास गर्नु सरकारको काम हो । उनीहरूको लागि खाजाको व्यवस्था गर्नु, आवासीय विद्यालय खोल्नु जस्ता क्षेत्रमा सरकार लगानी गर्न चुकेको छ । यस्ता विद्यार्थीमा लगानी गर्न सके, उनीहरूले राम्रो उपलब्धि गर्न सक्छन् ।
गुणस्तरीय शिक्षा कसरी बढाउने ?
अबको पढाइ पाठ्यपुस्तकमुखी हुनु हुँदैन । शिक्षक कमजोर हुँदा विद्यार्थी पनि कमजोर हुन्छन् । पाठ्यपुस्तक कार्यान्वयन गर्ने शिक्षक भएकाले शिक्षक नै बलियो हुनु आवश्यक छ । सक्षम शिक्षक भएपछि मात्र सिकाइ सुधार हुन्छ । नतिजा सुधार्नका लागि प्रक्रियागत रूपमा शिक्षकको क्षमता अभिवृद्धि गर्नुपर्छ ।
शिक्षण र सिकाइमा नयाँ प्रविधिको प्रयोग गर्नु पर्छ र सिकाइलाई डिजिटल बनाउनुपर्छ । कागज र कलमको परम्परागत प्रक्रियाबाट हटेर मूल्याङ्कन प्रक्रियामा जोड दिनुपर्छ । शिक्षाको गुणस्तर सुधार्न पहिले शिक्षकको गुणस्तर सुधार्नुपर्छ । शिक्षक निर्माण गर्ने विश्वविद्यालय सुधार गर्नु आवश्यक छ । राज्यले शिक्षक छनोटलाई पहिलो प्राथमिकतामा राख्नु पर्छ, शिक्षकलाई राम्रो सेवा सुविधा दिनुपर्छ र शिक्षकलाई कार्यक्षेत्रसँग जोड्नुपर्छ । कार्यक्षमता अभिवृद्धिका लागि तालिम दिनुपर्छ । सिकाइ प्रकृयालाई बढाउने, प्रोत्साहन गर्ने लगानी हुनुपर्छ ।
विद्यार्थीले चाहिने सहयोग पाएका छैनन् । कमजोर विद्यार्थीलाई अब्बल बनाउन अतिरिक्त ट्युसन कक्षाको व्यवस्था गर्नुपर्छ । कमजोर विद्यालयलाई अपग्रेड गर्नुपर्छ । साथै, विद्यार्थीले रुचाउने खालको विद्यालय वातावरण बनाउनुपर्छ जसले बालबालिकाको पढाइ प्रतिको रुचि बढाउँछ । यसले भविष्यमा राम्रो नतिजा ल्याउन सघाउँछ ।
शिक्षामा बजेट छुट्टयारमात्र होइन, शिक्षामा योजना बनाउनु पर्छ र विद्यालय वातावरणलाई सकारात्मक बनाउनु पर्छ । विद्यालयमा निराशालाग्दो सिकाइ हुनु हुँदैन । राम्रो शैक्षिक सामग्रीको प्रयोग गर्ने अवस्था बनाउनुपर्छ जसले विद्यार्थीलाई विद्यालय जानका लागि प्रेरित गर्छ । विद्यालयमा विद्यार्थीलाई खेलकुद र संगीत मनोरञ्जनसँग जोड्नुपर्छ । मित्रवत् सिकाइ गर्नुपर्छ जसले विद्यार्थीलाई पढाइमा आकर्षित राख्छ र विद्यालयमा सकारात्मक वातावरणले शिक्षामा सुधार हुन्छ ।
(शिक्षाविद् विनय कुसियतसँग गरिएको कुराकानीमा आधारित ।)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
प्रा. डा. विनयकुमार कुसियैत शिक्षा विज्ञ हुनुहुन्छ ।