स्याङजामा पहिरोले घर पुर्दा आमाछोरीको ज्यान गयो, बाग्लुङ्गमा दुई जना पुरिए

 असार १५, २०८१ शनिबार ८:४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – स्याङ्जामा पहिरोमा परेर आमाछोरीको ज्यान गएको छ । फेदीखोला गाउँपालिका–५ बाँगेमा गएराति पहिरोले घर पुर्दा सुतिरहेका ३१ बर्षीय दुर्गा जि.टी. र उहाँकी तीन बर्षकी छोरी निकिसा जि.टी.को ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । जिटीको ढुङगा माटो र टिनले छाएको एक तले घर र गोठ पुरेको हो । घरमाथिबाट आएको पहिरोले घर तथा गोठ पूर्ण रूपमा क्षति भएको प्रवक्ता रानाले बताउनुभयो ।

यस्तै बाग्लुङ्गको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा दुई जना घरसहितको पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उहाँकी श्रीमती ५० वर्षीया वसन्ती गएराति पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । अहिले खोजी र उद्वारका लागि प्रहरीको टोली खटिएको छ ।

यसैबीच पहिरो खसेपछि मध्यपहाडी लोकमार्गको बाग्लुङ्ग खण्ड अवरुद्ध भएको छ । लगातार पानी परिरहेको र पहिरोले बाग्लुङ्ग खण्ड बन्द भएको हो । त्यस्तै कालीगण्डकी करिडोर र बाग्लुङ्ग–कुश्मीशेरा सडक पनि अवरुद्ध रहेको छ । बन्द सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।   

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया