कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रिडी–पुर्तिघाट सडक अवरुद्ध

 असार २१, २०८१ शुक्रबार १२:२७:५० | जनार्दन घिमिरे
unn.prixa.net

फाइल फाेटाे

गुल्मी – वर्षाका कारण पहिरो गएपछि कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीको रिडी–पुर्तिघाट सडक खण्ड अवरुद्ध बनेको छ । कालीगण्डकी गाउँपालिकाअन्तर्गत भुर्तुङ् र वडा नम्बर ३ को मुल्कामा गएरातिदेखि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभएको छ ।

गएराति  सडक माथिबाट पहिरो खसेपछि यो सडक अवरुद्ध बनेको हो । लगातार वर्षा भइरहेका कारण सडक सञ्चालन गर्न समस्या परेको सूचना अधिकारी पोख्रेलले बताउनुभयो ।

त्यसैगरी वर्षाका कारण आज बिहानदेखि अवरुद्ध बनेको तम्घास-रिडी सडक भने सञ्चालनमा आएको छ । सडक खण्डको रुरुक्षेत्र गाउँपालिकाअन्तर्गत कालीका मोड र छत्रकोट गाउपालिकाअन्तर्गत श्रृङ्गा र गुल्मीदरबार गाउँपालिकाअन्तर्गत बिरबासमा पहिरो गएपछि बिहानैदेखि सडक अवरुद्ध बनेको थियो । अवरुद्ध सडक पालिका र निर्माण व्यवसायीको पहलमा सञ्चालन भएको हो ।

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया