इङ्गल्यान्डका आर्चर आईपीएलको अक्सनमा सहभागी हुने
मंसिर ७, २०८१ शुक्रबार
गुल्मी – पहिरो गएपछि अवरुद्ध कालीगण्डकी करिडोरअन्तर्गत रुद्रबेणी‐हर्मिचौर र पुर्तिघाट सडकखण्ड पाँच दिनपछि खुलेको छ । बिहीवार रातिको पहिरोले यो सडकखण्ड बन्द भएको थियो ।
सडकखण्डअन्तर्गत गरगरे, मुल्क, पातीखोला र बरल्वामा पहिरो खसेको थियो । दुई दिन लगाएर पहिरो हटाएपछि सडक खुलेको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदवहादुर थापाले जानकारी दिनुभयो । कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीको पुर्तिघाट खण्डसम्मको सडक सञ्चालनमा आए पनि बाग्लुङतर्फ जाने सडक भने पहिरोका कारण अवरुद्ध नै छ ।
त्यस्तै आइतवारदेखि बन्द मदनभण्डारी राजमार्गअन्तर्गत तम्घास–रिडी सडकखण्ड आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । यो सडक खण्डको गुल्मीदरबार गाउँपालिका–४ बिरबासमा सडक माथिबाट खसेको पहिरो हटाएपछि सडक खुलेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।