आईसीसी च्याम्पियन्स ट्रफीका लागि भारतीय टोली पाकिस्तान जाने सम्भावना कम

 असार २७, २०८१ बिहीबार १५:१३:३० | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

सन् २०२५ को आईसीसी च्याम्पियन्स ट्रफीका लागि भारतीय क्रिकेट टोली पाकिस्तान जाने सम्भावना कम देखिएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले च्याम्पियन्स ट्रफी संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई या श्रीलङ्कामा गराउनका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई आग्रह गर्ने भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ । बीसीसीआईले आईसीसी प्रतियोगिताका लागि राष्ट्रिय टोली पाकिस्तान पठाउने वा नपठाउनेबारे औपचारिक रूपमा पुष्टि गर्न बाँकी छ ।

गएको वर्ष एशिया कपको आयोजना पनि ‘हाइब्रिड मोडल’ अनुसार भएको थियो जसमा भारतले आफ्ना सबै खेल श्रीलङ्कामा खेलेको थियो । एउटै प्रतियोगिताको खेलहरू विभिन्न देशमा आयोजना गरिन्छ भने त्यसलाई ‘हाइब्रिड मोडल’ भनिन्छ ।

पाकिस्तानले च्याम्पियन्स ट्रफीका लागि तयारी शुरु गरिसकेको छ । प्रतियोगिताको तयारीका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले स्टेडियम मर्मतका लागि १७ अर्ब रुपी छुट्याएको छ ।

भारत र पाकिस्तानले सन् २०१२–१३ पछि अहिलेसम्म द्विपक्षीय शृङ्खला खेलेका छैनन् । भारतीय टिम सन् २००२ पछि पाकिस्तान गएको छैन । भारत र पाकिस्तानले आईसीसी प्रतियोगितामा मात्र एकअर्कासँग खेल्दै आएका छन् ।

अन्तिम अपडेट: भदौ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया