आईसीसी च्याम्पियन्स ट्रफी २०२५ : स्टेडियम मर्मत गर्न पाकिस्तानले १७ अर्ब रुपी छुट्यायाे

 असार २४, २०८१ सोमबार ९:२०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे, रावलपिन्डी क्रिकेट स्टेडियम

काठमाण्डाै – पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को तयारी शुरु गरेको छ ।

प्रतियोगिताको तयारीका लागि पीसीबीले स्टेडियम मर्मतका लागि १७ अर्ब रुपी छुट्याएको सञ्चारमाध्यम आउटलुकले जनाएको छ । पीसीबी बोर्ड अफ गभर्नर्सको बैठकले कराँची, लाहोर र रावलपिन्डीमा रहेको स्टेडियमम ममर्तका लागि रकम छुट्याएको खबरमा उल्लेख छ ।

यस्तै बैठकले महिला क्रिकेटका लागि २४ करोड रुपी छुट्याएको छ । यो रकम यसअघि छुट्याइएको ७ करोड रुपीभन्दा ३ गुणा धेरै हो ।

पीसीबीका अध्यक्ष मोहसिन नक्वीले च्याम्पियन्स ट्रफीका सबै खेल पाकिस्तानमै हुने र आउँदो महिनाको अन्तिममा कोलम्बोमा हुने आईसीसीको वार्षिक बोर्ड बैठकमा यसबारे छलफल हुने जानकारी गराउनुभएको छ ।

पाकिस्तान क्रिकेट बोर्डले आईसीसी च्याम्पियन्स ट्रफी आउँदो फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म आयोजना गर्नका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई प्रस्ताव गरेको छ । यद्दपि यो प्रतियोगितामा भारतको सहभागितालाई लिएर टुङ्गो लागिसकेको छैन ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया