१० औँ राष्ट्रिय खेलकुदमा ३५ खेल राख्ने राखेपको प्रस्ताव

 असार २९, २०८१ शनिबार १२:५३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कर्णाली प्रदेशमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुदका लागि ३५ खेलमा ४१९ प्रतिस्पर्धा प्रस्ताव गरेको छ । राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुदका सन्दर्भमा आयोजित बैठकमा यस्तो प्रस्ताव गरेको राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदमा समावेश ३६ खेलमध्ये प्याराग्लाइडिङबाहेक ३५ खेल प्रस्ताव गरिएको उहाँको भनाई छ । राखेपले यस अघि नै १० औँ राष्ट्रिय खेलकुद आउँदो मङ्सिर २ देखि ९ गतेलाई प्रस्ताव गरिसकेको छ ।

त्यसअघि विभिन्न छ खेलको प्रतियोगिता कात्तिक २७ देखि नै शुरु गर्ने गरी प्रस्तावे छ । १० औँ राष्ट्रिय खेलकुद सकिएलगत्तै नेपालमा पहिलो पटक कर्णालीमै पारा खेलकुद पनि आयोजना हुने छ । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया