फ्रान्सको एउटा पानीजहाजबाट ४४ वटा कन्टेनर दक्षिण अफ्रिका नजिकै हराए, खोजी चल्दै

 साउन ३, २०८१ बिहीबार ६:२९:३५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

गएको हप्ता फ्रान्सको एउटा पानीजहाजबाट ४४ वटा कन्टेनर दक्षिण अफ्रिका नजिकै समुद्रमा हराएपछि खोजी भइरहेको छ । दक्षिण अफ्रिकाको पूर्वी तटमा खोजी भइरहेको हो ।

दक्षिण अफ्रिकी सामुद्रिक सुरक्षा प्राधिकरणले एशियाबाट फ्रान्सको उत्तरी क्षेत्र हाभ्रेतर्फ गइरहेको जहाजले जुलाई ९ मा दक्षिण अफ्रिकी डरबन नजिकै हिन्द महासागरमा खराब मौसमको सामना गर्नुपरेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता तेबोगे रामातजीले कन्टेनरहरू पत्ता लगाउन यो क्षेत्रको हवाई सर्वेक्षण भइरहेको र अन्य जहाजहरूलाई खोजी गर्न भनिएको बताउनुभयो । गएको हप्ता दक्षिण अफ्रिकाको समुद्री तट केप अफ गुड होपमा ठुलो आँधीले ढुवानीलाई अवरोध गरेको थियो ।

यमनको हुथी विद्रोहीहरूको खतराका कारण जहाजहरू लाल सागरको मार्गबाट बच्न खोज्दा समुद्री तटबाट ढुवानीको सङ्ख्या बढ्न थालेको छ ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया