'स्वाइन फिभर' का कारण कैलालीका किसानले बङ्गुरपालन व्यवसाय छाडे

 साउन ७, २०८१ सोमबार १५:९:५५ | रासस
unn.prixa.net

फाइल फाेटाे

कैलाली – बङ्गुरमा देखापरेको 'स्वाइन फिभर' का कारण कैलालीका किसानले बङ्गुरपालन छाडेका छन् । व्यावसायिक रूपमा बङ्गुरपालन गर्दै आएका किसानले स्वाइन फिभरको जोखिमले फेरि बङ्गुरपालन गर्न आँट गरेका छैनन् ।

व्यवसायीले बङ्गुरपालनमा चासो देखाए पनि दुई वर्षअघि देखापरेको रोग फेरि आउने हो कि भन्ने चिन्ताले धेरैलाई सताएको छ । स्थानीय स्तरमा किसान र समूहमा समेत बङ्गुरपालन गर्ने गरेका थिए, अहिले त्यो पनि रोकिएको छ ।

बङ्गुरपालन व्यवसाय कम भएपछि कैलालीमा बङ्गुरको मासु अभाव हुन थालेकाे छ । एक वर्षअघि प्रतिकिलो तीन सय ५० रुपैयाँमा पाइने मासु पाँच सय रुपैयाँ पर्न थालेको छ । मासु बिक्रेता राजकिरण चौधरीले कैलालीमा बङ्गुर नपाएपछि दाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लाबाट खरिद गरेर ल्याउँदा महँगो परेको बताउनुभयो ।

रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रमका पशु प्राविधिक पुष्पराज भारतीले आयोजनाले बङ्गुरपालकलाई फार्म सुधार र ग्रामीणस्तरमा जीविकोपार्जनमा सघाउन समूहमार्फत पनि बङ्गुरपालनमा लगानी गरेको बताउनुभयो ।

कैलाली मासुमा आत्मनिर्भर जिल्लाका रूपमा चिनिन्छ । कैलालीबाट खसीबोका, राँगा र बङ्गुर काठमाण्डाैसम्म निर्यात हुन्थ्यो । अहिले बङ्गुरको निर्यात राेकिएको व्यवसायीको भनाइ छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया