पेरिस ओलम्पिकको औपचारिक उद्घाटन आज,नेपालबाट ६ खेलमा ७ खेलाडीले प्रतिस्पर्धा गर्दै

 साउन ११, २०८१ शुक्रबार ९:४:२६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – पेरिस ओलम्पिकको ३३ औँ संस्करणको औपचारिक उद्घाटन फ्रान्समा आज हुँदैछ । उद्घाटन नेपाली समयअनुसार राति ११ बजे पेरिसमा शुरु हुने छ ।

साउन २७ गतेसम्म ओलम्पिक सञ्चालन हुने छ । औपचारिक उद्घाटनअघि नै फुटबल, रग्बी सभेन्स, ह्यान्डबल र आर्चरी खेलको शुरुवात भइसकेको छ । उद्घाटन समारोहमा नेपालको झन्डा टेबलटेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले संयुक्त रूपमा बोक्दैछन् ।

नेपाली टेबलटेनिसले पहिलो पटक ओलम्पिक खेल्न लागेको हो । त्यसमा पनि स्यान्टु दक्षिण एसियाली छनोट प्रतियोगिता जित्दै ओलम्पिक पुगेका हुन् । जुडोकी मनिताले महादेशीय कोटाबाट ओलम्पिकमा स्थान बनाएकी हुन् ।नेपालबाट ६ खेलमा ७ खेलाडीले भाग लिएका छन् । स्यान्टु र मनिताबाहेक एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा तथा सुटिङकी सुस्मिता नेपाल रहेका छन् ।

टेबलटेनिससँगै ब्याडमिन्टनको पहिलो ओलम्पिक सहभागिता हो । उद्घाटन समारोहमा सन्तोषीबाहेक सबै खेलाडीको सहभागिता रहनेछ ।म्याराथन धाविका सन्तोषीको खेल ओलम्पिकको अन्तिम दिन रहेकाले उनी साउन १५ गते मात्र पेरिस जानेछिन् ।

ओलम्पिकमा भोलि शुरु हुने टेबलटेनिस र ब्याडमिन्टनको खेलमा  नेपाली खेलाडीको प्रतिस्पर्धा रहेको छ । खेल पेरिस एक्पो पोर्ट डे भर्सेल्समा भोलिराति सबा ११ बजे शुरु हुनेछ । पेरिस ओलम्पिकमा दुई सयभन्दा बढी देशका झण्डै साढे १० हजार खेलाडीले ३२ खेलमा प्रतिस्पर्धा गर्ने छन् ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया