बागमती प्रदेशमा कांग्रेसका ४ जना मन्त्रीले सपथ लिए

 साउन १२, २०८१ शनिबार १५:३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बागमती प्रदेशमा मन्त्रिपरिषद् बिस्तार भएको छ । मुख्यमन्त्री बहादुरसिँह लामाको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज नेपाली कांग्रेसका हरि प्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र बिमल ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । खड्की सामाजिक विकास मन्त्री बन्नुभएको छ ।

यस्तै लामिछानेलाई आन्तरिक मामिला तथा कानुन, महर्जनलार्ई युवा तथा खेलकुद र ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री लामाले हिजो मात्रै आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका रसुवाका प्रभात तामाङलाई हटाएर आज दोलखाका कुन्दन राज काफ्लेलाई जिम्मेवारी दिनुभएको छ ।

प्रभात तामाङ हिजो मन्त्रीमा नियुक्त भएर पनि बागमतीमा नेपाली कांग्रेसभित्रको किचलोले सपथ नै लिन नपाई एकदिनमै पदबाट बाहिरिनुपरेको हो । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया