नेपाली भूमि कला–संस्कृतिका लागि ऊर्वर छ : प्रधानमन्त्री ओली

 साउन १२, २०८१ शनिबार १८:१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कला–संस्कृतिका लागि ऊर्वर भएको बताउनुभएको छ । लेखक नेत्रप्रसाद गौतमद्वारा लिखित विभिन्न कृतिको लोकार्पण गर्दै उहाँले नेपालका घाँस, पात र पतिङ्गर, पँधेरामा पनि आँसु कविता प्रकट हुने वातावरण रहेको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौडेल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा जस्ता महान् साहित्यकार नेपालमा जन्मिएको सन्दर्भ उल्लेख गर्दै रोधी घरमा बसेर तत्काल गीत बनाएर गाउने कला र प्रतिभा नेपालीमा रहेको बताउनुभयो ।

आफू दुई पटक मिर्गाैला फेरेर पनि स्वस्थ्य नै रहेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिले आविष्कार गरेका विधिलाई मानवीय हित र उपचारमा प्रयोग गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया