डढेलो अनियन्त्रित भएपछि क्यालिफोर्नियाका दुई वटा काउन्टीमा आपतकाल घोषणा

 साउन १३, २०८१ आइतबार १२:१७:२६ | एजेन्सी
unn.prixa.net

एजेन्सी

अमेरिकाको क्यालिफोर्निया राज्यमा डढेलो अनियन्त्रित भएपछि दुई वटा काउन्टीले आपतकाल घोषणा गरेका छन् । बुधवारदेखि शुरु भएको डढेलो फैलने क्रम नरोकिएपछि बुट्टे र तेहामा काउन्टीमा आपतकालको घोषणा गरेको क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूजमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अहिले प्रति घण्टा २० वर्गकिलोमिटर जङ्गल नष्ट गरिरहेको डढेलो निभाउन दुई हजार पाँच सय जनाभन्दा धेरै अग्नी नियन्त्रक र १६ वटा हेलिकोप्टर परिचालन भएका छन् । यस्तै कैयौं दमकल र ट्याङ्करले पानी हालेर आगो निभाउने प्रयास गरिरहेका बीबीसीको खबरमा उल्लेख छ ।

जङ्गलमा आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ति व्यक्तिले बलिरहेको कार जङ्गलमा लगेर डढेलो लगाएको आरोप छ । आगो लागेको क्षेत्र बाक्लो घाँस भएको क्षेत्र रहेको र त्यहाँ प्रशस्त इन्धन रहेकाले निभाउन कठिन भइरहेको अग्नि नियन्त्रकले बताएका छन् । क्यालिफोर्नियामा वर्षेनि डढेलोका घटना हुने गरेका छन् । यसअघि सन् २०१८ मा डढेलोमा परेर कम्तीमा ८० जनाले ज्यान गुमाएका थिए । 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया