निराशाजनक 'कोप–२९' मा नेपालका लागि केही आशा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – पूर्वफुटबलर तथा प्रशिक्षक गम्भीर राईको निधन भएको छ । उहाँ ५६ वर्षका हुनुहुन्थ्यो । मधुमेहबाट पीडित राईको उपचारका क्रममा बी एन्ड सी अस्पतालमा ज्यान गएको झापा जिल्ला फुटबल सङ्घका अध्यक्ष भागिरथ आलेले जानकारी दिनुभयो ।
झापाको भद्रपुर नगरपालिका–१० निवासी राईले १६ वर्षमुनि र १९ वर्षमुनिको उमेर समूहमा नेपालको तर्फबाट सहभागिता जनाउनुभएको थियो । यस्तै उहाँले न्युरोड टिम (एनआरटी), जनकपुर चुरोट फ्याक्ट्री र मनाङ मर्स्याङ्दी क्लबबाट पनि खेल्नुभएको थियो ।
झापा जिल्ला फुटबल सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका गम्भीर राईले २०५६ सालमा खेलाडीका रूपमा सन्न्यास लिएपछि प्रशिक्षकका रूपमा काम शुरू गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।