म्याग्दीको बाङ खोलाको बाढीले ३ वटा पुल बगायो

 साउन १६, २०८१ बुधबार १५:२१:५१ | रासस
unn.prixa.net

फाइल फाेटाे

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा बाढीले तीन वटा पुल बगाएको छ । वर्षाका कारण गाउँपालिकाको केन्द्र रहेको मुना बाङ खोलामा आएको बाढीले एउटा झोलुङ्गेसहित तीन वटा पुल बगाएको स्थानीयवासी बुद्धिमान शेरपुञ्जाले जानकारी दिनुभयो ।

अत्यधिक पानी परेपछि खोला थुनिएको थियो । झोलुङ्गे पुल बगाएपछि मुनादेखि लुलाङ जाने बाटो पूर्ण अवरुद्ध भएको छ । बाढीले दरखोला लघुजलविद्युत् आयोजनाको आठ वटा पाइपसमेत बगाएको छ ।

यस्तै मुनाकै घट्टेखोलामा आएको बाढीले स्थानीयवासी रेशम भण्डारी र धनबहादुर पाण्डेको घरमा क्षति पुर्‍याएको धवलागिरि–३ मुनाका वडाध्यक्ष देविन्द्र रोकाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया