आज कोशी, महाकाली र यसका केही प्रमुख सहायक नदीमा जलसतह बढ्ने

 साउन २३, २०८१ बुधबार १२:३८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज कोशी, महाकाली र यसका केही प्रमुख सहायक नदीहरूको जलसतह उल्लेख्य बढ्ने अनुमान छ । यी नदीमा जलसतह सतर्कता आसपास रहने भएकाले नदीतटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाकाअनुसार आज ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर, डोटी, बझाङ, बाजुरा, डडेलधुरा, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने धेरैजसो स–साना नदीहरूमा बहाव बढ्ने तथा कतैकतै आकस्मिक बहाव हुन सक्छ । यी जिल्ला भएर बग्ने नदी खोला आसपासमा रहनेलाई पनि सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

अहिले पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा मधेश प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको र सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया