विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि राहदानी वितरणको प्रक्...
मंसिर ७, २०८१ शुक्रबार
इजरायलले दक्षिणी गाजामा रहेको खान युनिसको थप क्षेत्र खाली गर्न नयाँ आदेशसहितको सूचना निकालेको छ । इजरायल र हमासबीच चलिरहेको युद्धका क्रममा निकालिएको यो नयाँ आदेशका कारण हजारौँ प्यालेस्टाइनीहरू त्यहाँबाट भाग्न बाध्य हुने बीबीसीले जनाएको छ ।
प्यालेस्टिनीहरु गाजा शहरको मध्य, पूर्वी र पश्चिमी भागमा बसोबास गरिरहेका छन् । इजरायलले यी क्षेत्रमा निरन्तर आक्रमण गरिरहने भन्दै त्यहाँका बासिन्दालाई आफ्नो ठाउँ छोडेर अन्यत्र जान भनेको हो । यसअघि नै गाजाका २० लाखभन्दा बढी मानिसहरु विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
अस्ति शनिवार मात्र प्यालेस्टिनीहरूले शरण लिएका गाजाको एक विद्यालयमा आक्रमण हुँदा धेरैले ज्यान गुमाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।