पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – संयुक्त राष्ट्र सङ्घको विपद् जोखिम न्यूनीकरण कार्यालय (युएनडीआरआर) ले एशिया–प्रशान्त क्षेत्रमा विपद्को जोखिम सन् २०३० सम्म ४० प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । जलवायु परिवर्तन, जोखिम घटाउने काममा भइरहेको ढिलाई, अव्यवस्थित बस्ती तथा संरचना विस्तार लगायतका कारण विपदको जोखिम बढ्ने युएनडीआरआरको निष्कर्ष छ ।
विपद् जोखिम न्यूनीकरणसम्बन्धी एशिया प्रशान्त मन्त्रीस्तरीय सम्मेलनमा युएनडीआरआरको एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय प्रमुख मार्को टोस्कानो–रिभाल्टाले एशिया–प्रशान्त क्षेत्रमा जोखिम न्यूनीकरणभन्दा पनि जोखिम बढाइरहेको बताउनुभयो ।
अहिलेको प्रक्षेपणले सन् २०१५ मा सेन्डाई फ्रेमवकमा निर्धारण गरिएका विपद् जोखिम न्यूनीकरणको लक्ष्यबाट एशिया –प्रशान्त क्षेत्रका देशहरु टाढा गइरहेको सङ्केत गर्ने उहाँले बताउनुभयो । सेन्डाई फ्रेमवर्क विपद् जोखिम न्यूनीकरणका लागि निर्धारण गरिएको विश्वव्यापी प्रतिबद्धता हो । जसको सम्मेलन आउँदो अक्टोबरमा फिलिपिन्सले आयोजना गर्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।