चितवन, धादिङ, मकवानपुर, नवलपुरमा ठूलो वर्षा : यात्रामा सतर्कता अपनाउन आग्रह

 भदौ २१, २०८१ शुक्रबार ८:४८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – चितवनको देवघाट, कालीखोला, शक्तिखोर, धादिङको गजुरी, मकवानपुरको हेडौँडा, रजैया, हात्तिसुडे र आसपासका धेरै ठाउँमा ठूलो पानी परिरहेको छ । यस्तै नवलपुरको देउराली नवल वर्षामापन केन्द्र र दुमकौली वर्षामापन केन्द्र आसपास ठूलो वर्षा मापन भएको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

नदी तटीय क्षेत्र र डुबान हुन सक्ने होचा ठाउँमा रहनेलाई सावधानी अपनाउन भनिएको छ । ती क्षेत्रमा थप पानी पर्न सक्ने सम्भावना रहेकाले चितवन, धादिङ र मकवानपुर भई बहने खोलामा आकस्मिक बाढीको जोखिम छ । विभिन्न राजमार्ग र सडकमा पहिरोको जोखिम रहेकाले यात्रा गर्दा पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

अहिले पनि देशका धेरै ठाउँमा पानी परिरहेको छ । गएरातिदेखि नै कोशी, मधेश, बाग्मती, गण्डकी, लुम्बिनीका केही ठाउँ तथा अरू प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो पनि कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । काठमाण्डौ उपत्यकामा अहिले हल्का पानी परिरहेको छ । आज दिउँसो पनि पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अहिले लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यम तथा ठूलो वर्षा भइरहेको छ । कपिलवस्तु, पाल्पा, रुपन्देही, प्यूठान जिल्ला भएर बग्ने नदी खोला क्षेत्रमा रहनेलाई बिहान १० बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया