आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्र...
मंसिर २५, २०८१ मंगलबार
काठमाण्डाै – शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ७३ अङ्कले घटेर दुई हजार ६ सय १० दशमलव २१ विन्दुमा झरेको छ ।
नेप्से पछिल्लो ६ कारोबार दिन लगातार घटिरहेको छ । नेप्से गएको हप्ताको बुधवार ९० दशमलव ७३, बिहीवार १२ दशमलव १० अङ्कले घटेको थियो । यस्तै यो हप्ताको आइतवार २५ दशमलव ४६, सोमवार ५५ दशमलव ८६ र हिजो मङ्गलवार १३ दशमलव शून्य नौ अङ्कले घटेको थियो ।
६ कारोबार दिनमा शेयर बजार दुई सय २० अङ्कले घटेको छ । गएको भदौ १८ गते मङ्गलवार दुई हजार आठ सय ३० विन्दुमा रहेको नेप्से आज दुई हजार ६ सय १० विन्दुमा आइपुगेको छ ।
आज फाइनान्स, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज एशियन हाइड्रोपावर कम्पनीको शेयर झन्डै सात प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
केही दिनयता कारोबार रकम पनि घटिरहेको छ । आज तीन सय १७ वटा कम्पनीका एक करोड ५४ लाख कित्ता शेयर ६ अर्ब ८५ करोड रुपैयाँमा कारोबार भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।