अस्ति बुधवारदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

 भदौ २८, २०८१ शुक्रबार १४:२:३९ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – अस्ति बुधवारदेखि अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । पानीका कारण बुधवार बेलुकादेखि कर्णाली राजमार्ग अवरुद्ध थियो । कालिकोटको शुभकालीका–एक एसमोड, गगनेखोला र खाँडाचक्र–दुई हुल्ममा ढुङ्गासहितको माटो आउँदा राजमार्ग अवरुद्ध भएको थियो ।

सडक डिभिजन कार्यालय जुम्ला, जिल्ला प्रहरी कार्यालय कालीकोट र जिल्ला प्रशासन कार्यालय कालीकोटको सहयोगमा सडक खुलाउने काम भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख अर्जुन केसीले बताउनुभयो । पानी परेका कारण दैलेख, कालिकोट, जुम्ला र मुगुमा बिजुली बत्ति अवरुद्ध छ । जनजीवन प्रभावित भएको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया