शेयर बजार ५० अङ्कले घटेर राताम्मे, १० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

 भदौ ३०, २०८१ आइतबार १५:३३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – दिनभर तीव्र उचारचढाव हुँदै शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५० दशमलव ७३ अङ्कले घटेर दुई हजार छ सय ३७ दशमलव ७९ विन्दुमा झरेको हो । आज बिहान बजार खुलेदेखि नै उच्च अङ्कले बढेर नेप्से २७ सय ३४ विन्दुसम्म पुगेको थियो ।

रिभल फल्स पावर, हिमालयन हाइड्रोपावर कम्पनी, इस्टर्न पावर र रावा इनर्जीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । तर २ बजेदेखि उच्च अङ्कले ओरालो लागेर २६ सय ३६ विन्दुमा झरेको हो । आज थ्री स्टार हाइड्रोको शेयर १० प्रतिशतले घटेको छ ।

बजार घटेपनि कारोबार रकम भने बढेको छ । आज दुई करोड ४८ लाख ४६ हजार कित्ता शेयर १० अर्ब ३३ करोड ९२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सीईडीबी हाइड्रो विकास कम्पनीको ६४ करोड ३८ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया