प्रिमियर लिगमा आज सिटी र आर्सनल तथा ब्राइटन र नटिङघम फरेस्ट खेल्दै

 असोज ६, २०८१ आइतबार ९:२२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – इङ्गलिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर सिटी र आर्सनल तथा ब्राइटन र नटिङघम फरेस्ट खेल्दैछन् । सिटी र आर्सनलको खेल नेपाली समय अनुसार राति सवा ९ बजे शुरु हुनेछ ।

साविक वितेजा सिटी यो सिजन चार खेलमा अपराजित छ । दोस्रो स्थानमा रहेको सिटीको १२ अङ्क छ । समान चार खेलमा १० अङ्कका साथ आर्सनल पाँचौ स्थानमा छ । उसले तीन खेल जित्दा एक खेल बराबरी खेलेको छ । त्यसअघि आजै ब्राइटन र नटिङघम फरेस्ट पौने ७ बजे खेल्नेछन् ।

गएराति भएको खेलमा लिभरपुलले बर्नमाउथलाई र चेल्सीले वेस्टह्यामलाई समान ३–० गोलले हरायो । जीतसँगै लिभरपुल अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ । लिभरपुलको पाँच खेलमा १२ अङ्क छ । चेल्सीको पाँच खेलमा १० अङ्क भएको छ । चेल्सी चौथो स्थानमा छ ।

एस्टनभिल्लाले उल्भ्सलाई ३–१ गोलले हरायो । समान पाँच खेलमा १२ अङ्क नै रहेको एस्टन भिल्ला तेस्रो स्थानमा छ । अरू खेलमा फुलहमले न्यूक्यासललाई र टोटनहमले बे्रन्टफोर्डलाई समान ३–१ गोलले नै हरायो । लेस्टरसिटी र एभर्टनले एक/एक गोलको र म्यानचेस्टर युनाइटेड र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेलेका छन् । 

अन्तिम अपडेट: असोज ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया