नेप्से फेरि २५ सय विन्दुभन्दा मुनि, आज ३२ अङ्कले घट्यो

 असोज १०, २०८१ बिहीबार १५:२७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ८१ अङ्कले घटेर दुई हजार चार सय ८६ दशमलव ७६ विन्दुमा झरेको छ ।

आज उत्पादन र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज ग्रीन भेन्चर्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । नेप्से उच्च अङ्कले घटेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

नेप्से घटे पनि आज कारोबार रकम भने सामान्य बढेको छ । हिजो चार अर्ब ८१ करोडको कारोबार भएकोमा आज तीन सय २२ वटा कम्पनीका एक करोड ३६ लाख कित्ता शेयर चार अर्ब ८४ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै अपी पावर कम्पनीको ४७ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया