युरोपमा ब्वाँसोलाई दिने सुरक्षाको स्तर घटाउने प्रस्ताव पारित

 असोज १३, २०८१ आइतबार ९:१८:२३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युरोपमा ब्वाँसालाई दिइने सुरक्षाको स्तर घटाउने प्रस्ताव पारित भएको छ । इयु सदस्यहरुले पारित गरेको प्रस्तावमा ब्वाँसोलाई कडा रूपमा संरक्षितको सट्टा अब संरक्षित जनावर मात्र मानिने उल्लेख छ ।

युरोपेली आयोगले पेश गरेको प्रस्तावमा २७ सदस्य देशमध्ये दुई देशले मात्रै विरोध गरेका थिए । ब्वाँसोको बढ्दो सङ्ख्या नियन्त्रण र गाइवस्तु पाल्ने किसानको दृष्टिबाट ब्वाँसोको सुरक्षा स्तर घटनाउने प्रस्ताव उचित भएको युरोपेली आयोगको भनाइ रहेको समाचारसंस्था एएफपीले जनाएको छ ।

अब आउँदो डिसेम्बरमा हुने बर्न सम्मेलनले पारित गरेपछि इयूले कानुन शंसोधन गर्न सक्छ । एक शताब्दीअघि युरोपमा झन्डै लोप भइसकेका ग्रे ब्वाँसा बचाउन, संरक्षणका लागि ठूलो प्रयास भएको थियो ।

सन् १९७९ मा स्विट्जरल्याण्डमा भएको बर्न सम्मेलनमा ब्वाँसालाई ‘स्ट्रिक्टली प्रोटेक्टेड’ को श्रेणी दिँदै खतराका निश्चित अबस्थामा बाहेक मार्न रोक लगाइएको थियो । संरक्षणको कडा नीतिका काण ब्वाँसोको संख्या बढेर युरोपमा सन् २०२३ मा २० हजार भन्दा धेरै पुगेको छ ।

पछिल्लो समय ब्वाँसो र मानिसबीचको द्वन्द्व बढेपछि सुरक्षाको स्तर घटाउने प्रस्ताव पारित भएको हो । युरोपमा ब्वाँसाले गाईवस्तुमाथि आक्रमण गर्ने घटना बढेपछि यस वर्ष जर्मनीलगायत युरोपका धेरै देशमा किसानले ठूलो प्रदर्शन गरेका थिए । तर पछिल्लो ४० वर्षमा युरोपमा ब्वाँसोले मानिसमाथि घातक आक्रमण गरेको एउटा पनि घटना रेकर्डमा छैन । 

अन्तिम अपडेट: असोज १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया