शेयर बजार २२ अङ्कले घट्यो, कारोबार रकम ४ अर्ब रुपैयाँमा सीमित

 असोज १३, २०८१ आइतबार १५:२७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ३६ अङ्कले घटेर दुई हजार चार सय ६४ दशमलव ४० विन्दुमा झरेको छ ।

आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार, जलविद्युत्, होटल तथा पर्यटन, फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज अपर स्याङ्गे हाइड्रोपावर शेयर १० प्रतिशत तथा एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ र अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन विन नेपाल लघुवित्त र कुमारी सबल योजनाको शेयर भने ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन चार अर्ब ८१ करोड बराबरको कारोबार भएकोमा आज तीन सय २७ वटा कम्पनीका एक करोड तीन लाख कित्ता शेयर चार अर्ब पाँच करोड रुपैयाँमा कारोबार भएको छ ।

अन्तिम अपडेट: असोज १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया