कालीगण्डकी करिडोर सडक अवरुद्ध

 असोज १५, २०८१ मंगलबार ११:५३:२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा कालीगण्डकी करिडोर सडक अन्तर्गत रुद्रवेणी–पूर्तिघाट सडक हिजोदेखि अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा सडक माथिबाट ठूलो चट्टानसहितको पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोख्रेलले जानकारी दिनुभयाे ।

अवरुद्ध सडक सञ्चालन गर्न निर्माण व्यावसायी, स्थानीय पालिका र प्रशासनबाट पहल भए पनि सडक माथिबाट पहिरोसँगै ठूलो चट्टान खसेका कारण सडक सञ्चालन गर्न समस्या परेको छ । सडक अवरुद्ध हुँदा गुल्मीको सदरमुकाम तम्घास आउने र पाल्पा हुँदै बुटवलसम्म जाने लामो तथा छोटो दूरीका गाडी चल्न सकेका छैनन् ।

वर्षाका कारण पहिरो गएपछि गुल्मीका तीन दर्जनभन्दा धेरै ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन् । चाडपर्वको समयमा सडक अवरुद्ध बनेपछि दशैँमा घर फर्कने मानिसहरू समस्यामा परेका छन् ।

वर्षा नरोकिएका कारण स्थानीय पालिकाहरूले पनि सडकमा खसेको पहिरो तत्काल पन्छाउन सकेका छैनन् ।

अन्तिम अपडेट: असोज १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया