सीमा नाकामा सशस्त्र प्रहरीले एक सय १६ वटा सहायता कक्ष सञ्चालन गर्ने

 असोज १९, २०८१ शनिबार १३:१०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – सीमा नाकामा सशस्त्र प्रहरीले एक सय १६ वटा सहायता कक्ष अर्थात् हेल्प डेस्क सञ्चालन गर्ने भएको छ । मुख्य चाडपर्व दशैँ, तिहार र छठलाई लक्षित गर्दै सहज र सुरक्षित आवागमनका लागि सीमा नाकामा सहायता कक्ष स्थापना गर्न लागिएको सशस्त्र प्रहरीले जनाएको छ ।

एक सय १६ मध्ये ६६ वटा स्थापना भइसकेको र अन्य ५० वटा स्थापना हुने क्रममा रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

चाडपर्वका बेला सीमा नाकाबाट आफ्नो गन्तव्यतर्फ जाने नागरिकलाई सहज र सुरक्षित ढङ्गबाट यात्रा पूरा गर्ने व्यवस्था मिलाउन तथा आपतविपद्मा परेका नागरिकको उद्धार कार्यमा सहयोग पुर्याउने उदेश्यले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा सहायता कक्ष राखिएको उहाँको भनाइ छ ।

सुरक्षासँगै, सीमा क्षेत्रमा हुने अबैध गतिविधि, चोरीडकैती, लुटपाट जस्ता घटना हुन नदिन, अप्ठ्यारोमा परेका नागरिकको सहयोग गर्न हेल्प डेस्क महत्वपूर्ण हुने अपेक्षा गरिएको सहायक प्रवक्ता थापाले बताउनुभयो ।

उहाँका अनुसार इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, धनुषाको जटही, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया, कपिलबस्तुको कृष्णनगर, बाँकेको जमुनाह र कञ्चनपुरको गड्डाचौकीमा गरी ८ ठाउँमा पर्यटक सहायता कक्ष स्थापना गर्ने तयारी छ । 

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया