अमेरिका उत्तर कोरिया वार्ता हस्ताक्षर भएको विषय अझै गोप्य

 जेठ २९, २०७५ मंगलबार ११:४९:४५ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले हस्ताक्षर गरेको दस्ताबेजमा के कुरा उल्लेख छ भन्नेबारे सार्वजनिक गरिएको छैन । तर दुवै शीर्ष नेताले यो महत्वपूर्ण र विस्तृत दस्तावेज भएको बताएका छन् । तर हस्ताक्षर भएका बुँदा के के हुन् भन्ने बारे चाहिँ केही उल्लेख गरिएको छैन ।

उनीहरुले केही संकेत भने गरेका छन् । हस्ताक्षर समारोहमा दुवै नेताले आफूहरु ‘विगत विर्सन तयार रहेको’ बताएका छन् । तर विस्तृतमा भने यसको ब्याख्या गरिएको छैन । त्यस्तै उत्तर कोरियाली नेता किमले ‘विश्वले छिट्टै ठूलो परिवर्तन देख्न पाउने’ भनेर लाक्षणिक रुपमा दुई देशबिच कुनै महत्वपुर्ण सहमति भएको हुनसक्ने संकेत गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ता मानिसहरुले सोचेभन्दा पनि सकारात्मक र परिणाममुखि भएको बताउनुभएको थियो । अनुवादक मात्र साथमा राखेर भएको वार्ता र त्यसपछिको दुवै देशको वार्ता टोली सहितको वार्ताका क्रममा दुवै शीर्ष नेताले सँगै खाना पनि खाएका थिए ।

सिंगापुरको एक होटलमा झन्डै २ घण्टा चलेको शिखर वार्ता शुरु हुनुअघि हस्ताक्षर गर्ने कुनै योजना नरहेपनि वार्तापछि हस्ताक्षर गर्ने सहमति बनेको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । समाचारका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्ने प्रस्ताव गर्नुभएको थियो । 
 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया