कालीकोटको महावै गाउँपालिकाले विधुर भत्ता दिने

 असोज २०, २०८१ आइतबार १३:५३:५६ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – कालीकोटको महावै गाउँपालिकाले विधुर (एकल पुरुष) भत्ता दिने भएको छ । आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार पालिकाले विधुर भत्ता दिन लागेको महाबै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभयो ।

गाउँपालिकाले यसअघि गएको बुधवार सबै ७ वटा वडा कार्यालयलाई ४९ वर्षदेखि ५९ वर्षसम्मका विधुरहरूकाे तथ्याङ्क सङ्कलन गरी पठाउन पत्राचारसमेत गरिसकेको छ । प्रथम चौमासिक भत्ता वितरण गर्न वडालाई तथ्याङ्क सङ्कलन गरी पेश गर्न पत्राचार गरिएको हो ।

विधुर भत्ता दिनेमा महावै गाउँपालिका कर्णाली प्रदेशको पहिलो पालिका बनेको छ ।

अन्तिम अपडेट: असोज २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया