लगातार २ दिन बढेको शेयर बजार आज घट्यो, कारोबार रकममा पनि कमी

 असोज २२, २०८१ मंगलबार १६:१३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो र अस्ति बढेको शेयर बजार आज भने घटेको छ । आज शेयर बजार परिसूचक नेप्से २७ दशमलव ३९ अङ्कले घटेर दुई हजार ६ सय ६३ दशमलव ३२ विन्दुमा झरेको छ ।

आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटल, बीमा, उत्पादन, विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर साढे आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज तीन सय वटा कम्पनीका एक करोड तीन लाख कित्ता शेयर चार अर्ब ५९ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै एनएलजी इन्सुरेन्स कम्पनीको २७ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया