दशैँ बिदापछिको पहिलो दिन शेयर बजार ३१ अङ्कले बढ्यो

 असोज २९, २०८१ मंगलबार १५:८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दशैँ बिदापछिको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ४८ अङ्कले बढेर दुई हजार ६ सय ९९ दशमलव ६६ विन्दुमा पुगेको छ ।

आज उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, बीमा, व्यापार, होटल समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज जानकी फाइनान्स र मिथिला लघुवित्त कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको बढेको छ । यस्तै मल्टिपर्पाेज फाइनान्स कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज तीन सय सात वटा कम्पनीका ६४ लाख १७ हजार कित्ता शेयर तीन अर्ब ६ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै गुडविल फाइनान्सको १८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया