मौसम खुलेपछि लुक्लामा उडान शुरू, मन्थलीमा रोकिएका ५ सय जनाभन्दा धेरै पर्यटक लुक्ला पुगे

 असोज ३०, २०८१ बुधबार १३:५५:१३ | सुवास दर्नाल
unn.prixa.net

फाइल फाेटाे

साेलुखुम्बु – मौसम खुलेसँगै दुई दिनदेखि रोकिएको रामेछापको मन्थली–सोलुखुम्बुको लुक्ला उडान आज बिहानदेखि शुरू भएको छ ।

सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा अस्ति सोमवारदेखि उडान ठप्प भएको थियो । आज दिउँसोसम्म लुक्लामा २२ वटा उडान अवतरण भएको छ । तीमध्ये ६ वटा काठमाण्डौबाट र अरू रामेछापको मन्थलीबाट भएका लुक्लाका एटीसी अफिसर विवश दाहालले जानकारी दिनुभयो ।

सोलुखुम्बुको सगरमाथा क्षेत्र भ्रमणका लागि मन्थली पुगेर रोकिएका एक हजारभन्दा धेरै पर्यटकमध्ये पाँच सय जनाभन्दा धेरै उडानमार्फत लुक्ला पुगेका छन् । सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकलाई रामेछापको मन्थली विमानस्थलबाट लुक्ला पुर्‍याउने र ल्याउने व्यवस्था गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका अनुसार आइतवार ९० वटा उडानमार्फत झन्डै आठ सय जना पर्यटक भित्रिएकामा लुक्लामा मौसम खराब हुँदा सोमवार र हिजो मङ्गलवार कुनै पनि उडान हुन सकेको थिएन ।

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया