शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो, ५ अर्ब ६६ करोड रुपैयाँको कारोबार

 असोज ३०, २०८१ बुधबार १५:१३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । दशैँ बिदापछिको पहिलो दिन हिजो ३१ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ४३ दशमलव २२ अङ्कले बढेर दुई हजार सात सय ४२ दशमलव ८८ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज विजय लघुवित्त र इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन अपर स्याङ्गे हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । हिजो तीन अर्ब ६ करोडको कारोबार भएकोमा आज तीन सय २० वटा कम्पनीका एक करोड ३२ लाख कित्ता शेयर पाँच अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै नेपाल फाइनान्स र हिमालयन रिइन्सुरेन्स कम्पनीको समान १५ अर्ब रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया