महिला टी–२० विश्वकप क्रिकेट : दोश्रो सेमिफाइनल खेलमा आज न्युजिल्यान्ड र वेस्ट इन्डिज खेल्दै

 कात्तिक २, २०८१ शुक्रबार ११:११:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको दोश्रो सेमिफाइनल खेलमा आज न्युजिल्यान्ड र वेस्ट इन्डिज खेल्दैछन् । खेल नेपाली समयअनुसार राति पानै ८ बजे शारजाहमा शुरु हुनेछ ।

न्युजिल्यान्ड समूह ‘ए’ बाट शीर्ष स्थानमा र वेस्ट इन्डिज समूह ‘बी’ बाट दोश्रो हुँदै सेमिफाइनलमा पुगेको हो । महिला टी–२० विश्वकप क्रिकेटमा गएराति भएको पहिलो सेमिफाइनल खेलमा छ पटकको विश्व विजेता अष्ट्रेलियालाई आठ विकेटले हराएर दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको छ ।

अब अक्षिण अफ्रिकाले आज हुने न्युजिल्यान्ड र वेस्ट इन्डिजबीचको विजयी टोलीसँग फाइनलमा खेल्नेछ । फाइनल खेल पर्सि आइतवार हुनेछ । 

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया