बाढीले क्षति पुर्‍याएकाे खिम्ती–लामोसाँघु प्रसारण लाइन वैकल्पिक टावर प्रयोग गरी सञ्चालनमा ल्याइँदै

 कात्तिक ४, २०८१ आइतबार १८:४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पछिल्लो वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनर्स्ठापना प्रणाली (इआरएस) टावर प्रयोग गरी सञ्चालनमा ल्याइने भएको छ ।

तामाकोशी नदीमा आएको बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारमा खिम्ती–लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो । टावर बगेपछि चार वटा टावरको तारमा पनि क्षति पुगेको थियो । टावर बगाएपछि यो लाइनबाट असोज १३ गतेदेखि विद्युत् प्रवाह बन्द छ ।

त्यसपछि झन्डै दुई सय मेगावाट विद्युत् प्रवाह हुनसक्ने यस प्रशारण लाइन र काठमाण्डौ उपत्यकाको प्रसारण लाइनबीच सम्पर्क टुटेको छ । यस लाइनबाट आएको विद्युतलाई लामोसाँघु–भक्तपुर प्रसारण लाइन हुँदै काठमाण्डौ उपत्यकामा आपूर्ति गरिन्छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी नदी जनाधार क्षेत्रमा निर्माण भएको जलविद्युत् आयोजनाबाट लामोसाँघु–खिम्ती–ढल्केबर हुँदै भारततर्फ निर्यात हुने विद्युतमा समेत प्रभाव परेकोले जतिसक्दो छिटो इआरएस संरचनाको प्रयोग गरी लाइन सञ्चालनमा ल्याउन लागिएको छ । यसका लागि इआरएस टावर जडान भइसकेको छ । अब तार तान्न शुरु गरिने छ । यसका लागि चार दिन लाग्ने प्राधिकरण खिम्ती ग्रिड शाखाका प्रमुख मनोज साहले बताउनुभयो ।

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया