मिथिलाञ्चलमा ऐतिहासिक नाच लोप हुन थालेपछि स्थानीय कलाकार विदेश पलायन हुँदै

 कात्तिक ६, २०८१ मंगलबार १२:२:३८ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – मिथिलाञ्चलको इतिहास, संस्कृति तथा लोकगाथासँग जोडिएका ऐतिहासिक तथा प्राचीन लोकनाच दिन प्रतिदिन लोप हुन थालेको छ । ऐतिहासिक नाच लोप हुन थालेपछि कलाकारहरू पनि विदेश पलायन हुने क्रम बढे्को छ ।

मिथिला क्षेत्रको ऐतिहासिक तथा प्राचीन राजा सहलेस, शितवसन्त, रुनाझुना, जङ्गली बादशाह, गोपीचन्द कुँवर वृजभान, सुन्दर वनको सुन्दर फूल, अल्लाह रुदल, गुगलीघाट, समाचकेवा, कमलामैया, जयविसहरा, दुलहा दयालसिंहजस्ता नाचहरू लोप हुन थालेका हुन् ।

विगत चार दशकदेखि यस्तो नाच देखाउँदै आएका सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ का कलाकार बौयन रायले उहिले नाचको राम्रो माग भएकाले २० जना कलाकारलाई भेला गरी एउटा नाच कम्पनी बनाएको तर अहिले नाच लोप हुन थालेपछि कलाकारहरू नै रोजीरोटीका लागि विदेश पलायन हुनुपर्ने अवस्था आएको बताउनुभयो । २० वर्ष पहिले नाच देखाएरै वार्षिक १० लाख रुपैयाँ कमाउने गरेको उहाँको अनुभव छ । तर अहिले वार्षिक एक लाख रुपैयाँ पनि कमाइ नगरेको उहाँको भनाइ छ ।

कलाको सम्मान नहुनु, राज्यबाट यस्ता नाचको संरक्षण नहुनु, कलाकारलाई प्रोत्साहन नहुनुजस्ता कारणले ऐतिहासिक महत्त्वका यस्ता नाच लोप भइरहेका छन् ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया