शेयर बजार परिसूचक नेप्से २५ अङ्कभन्दा धेरैले बढ्यो

 कात्तिक ६, २०८१ मंगलबार १५:३२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – लागातर दुई दिन उच्च अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज भने दोहोरो अङ्कले बढेको छ । आज नेप्से २५ दशमलव ८८ अङ्कले बढेर दुई हजार छ सय ६५ दशमलव ८१ अङ्कमा पुगेको छ । हिजो र अस्ति दुई दिनमा गरी नेप्से एक सय पाँच अङ्कले घटेको थियो ।

आज सबै समूहको शेयर मूल्य बढेकोमा फाइनान्स समूहको शेयर तीन प्रतिशत भन्दा धेरैले बढ्यो । आज रावा इनर्जी डेभलेपमेन्ट लिमिटेडको शेयर आठ प्रतिशत भन्दा धेरैले बढ्यो । समग्रमा बजार बढेको दिन आज वीन नेपाल लघुवित्त र कालिका लघुवित्तको शेयर मूल्य चार प्रतिशत भन्दा धेरैले घटेको छ ।

बजार बढेपछि हिजोको तुलनामा आज कारोबार रकम भने घटेको छ । हिजो पाँच अर्ब ९० करोड रुपैयाँमा कारोवार भएकोमा आज तीन सय १४ वटा कम्पनीका एक करोड नौ लाख ६२ हजार कित्ता शेयर चार अर्ब १७ करोड रुपैयाँमा कारोबार भएको छ ।  

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया