जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप, नागरिकता र राहदानी बनाउन २ दिन पालो पर्खनुपर्ने

 कात्तिक ७, २०८१ बुधबार ९:३:३ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप बढेको छ । दशैँ/तिहारको अवसरमा चाडपर्व मनाउनका गाउँघर आएकाहरूले त्यही मौका पारेर सरकारी कार्यालयबाट सेवा लिने भएकाले यति बेला जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेको हो ।

भीड बढेपछि व्यवस्थापन गर्न थप समस्या भएको सम्बन्धित निकायको भनाइ छ । प्रशासन कार्यालयमा सेवाग्राहीको भीड बढेसँगै राति अबेर ९ बजेसम्म सेवा प्रवाह गर्दै आएको गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभएको छ ।

प्रशासन कार्यालयले पछिल्लो दिनको टोकनसमेत अघिल्लो दिनमा नै वितरण गर्न थालेको छ । गाउँ–गाउँबाट गाडी भाडामा लिएर सेवा लिन आउने क्रम बढेपछि कार्यालयमा नागरिकता र राहदानी बनाउनका लागि दुई दिनसम्म पालो पर्खनुपर्ने बाध्यता छ ।

दैनिक सरदर ४० देखि ६० वटासम्म नागरिकता वितरण र राहदानीको फाराम भर्ने काम हुँदै आएको जिल्ला प्रशासन कार्यालयमा अहिले दैनिक तीन सय ५० भन्दा बढी नागरिकता बनाउने र राहदानीको फाराम भर्ने गरिन्छ ।

यस्तै प्रशासन कार्यालयमा राष्ट्रिय परिचपत्रका लागि पनि उत्तिकै भीड लाग्ने गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया