अवैधरूपमा सुनको कारोबार गर्ने दुई जना भारतीय नागरिक काठमाण्डौबाट पक्राउ

 कात्तिक ९, २०८१ शुक्रबार १५:१५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्वीर

काठमाण्डाै – अवैधरूपमा सुनको कारोबार गर्ने दुई जना भारतीय नागरिक काठमाण्डौबाट पक्राउ परेका छन् ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका भारतको पश्चिम बङ्गालको कोलकाताका ३५ वर्षीय प्रशन्जित बेरा र पश्चिम बङ्गालको मेदनापुरका ३० वर्षीय आनन्द साहु रहेका छन् । उनीहरू काठमाण्डौ महानगरपालिका–२५ बाङ्गेमुढामा बस्दै आएका प्रहरीले जनाएको छ ।

काठमाण्डौ उपत्यकाको न्युरोडलगायत विभिन्न ठाउँमा अवैधरूपमा भन्सार छली गरिएका बिलबिजकविनाका सुन बिक्री/वितरण गर्ने गरेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताउनुभयो ।

भारतीय नागरिकको साथबाट एक सय १६ दशमलव ४५ ग्राम सुन बरामद गरेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया