सहाराविहीन असारीमायाकाे नि:शुल्क उपचार र वृद्धाश्रममा पुनर्स्थापना

 मंसिर १२, २०७५ बुधबार १४:४५:५७ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – पाठेघरसम्बन्धी रोगले थलिएकी सम्बन्धी रोगले थलिएकी र आर्थिक अभावका कारण उपचार गर्न नसकिरहेकी असारीमाया राईलाई नि:शुल्क उपचारपछि धनकुटाको मुलघाटमा रहेको वृद्धाश्रममा राखिएको छ ।  

धनकुटाको साँगुरीगढी गाउँपालिका–४ उखुडाँडाकी ६५ वर्षीया असारीमाया राईको गएको कार्तिकमा धनकुटा अस्पतालमा अलोहा मेडिकल मिसनको सहयोगमा सञ्चालित स्वास्थ्य शिविरमा पाठेघरको निःशुल्क शल्यक्रिया गरिएको थियो । 

शल्यक्रियापछि एक महिनासम्म जिल्ला अस्पताल धनकुटाको निगरानीमा राखेर विश्रान्तिमा रहेको वृद्धाश्रममा बसोबासको व्यवस्था मिलाइएको शिविर व्यवस्थापन तथा सञ्चालन समितिका संयोजक रोशेष श्रेष्ठले बताउनुभयो ।

वृद्धा राई लेउती किनारको छाप्रोमा बसी बालुवा चालेर गुजारा चलाउँदै आएक थिइन् । संरक्षण गर्ने सन्तान र आफन्त सम्पर्कमा नरहेकाले वृद्धाश्रम व्यवस्थापक कमला शर्माको जिम्मामा बसोबासको व्यवस्था मिलाइएको नागरिक समाज धनकुटाका अध्यक्ष दोर्ण गुरागार्इंले बताउनुभयो । 

असारीमायालाई स्थानीय प्रशासन, नागरिक समाज, सञ्चारकर्मीहरु लगायतको सहभागितामा विश्रान्ति मन्दिर व्यवस्थापन समितिको जिम्मा लगाइएको नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया