कीर्तिपुरको दर्शन बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा

 कात्तिक १२, २०८१ सोमबार ९:५६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बाग्मती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले काठमाण्डौको कीर्तिपुर नगरपालिकामा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ ।

कीर्तिपुर नगरपालिका ९ मा रहेको सहकारी संस्थाले दुई वर्षभन्दा लामो समयदेखि बचतकर्ताहरूको बचत फिर्ता गर्न नसकेका कारण मन्त्रालयले समस्याग्रस्त सहकारी घोषणा गरेको मन्त्रालयले जनाएको छ ।

नौ हजार आठ सय ५७ शेयर सदस्यको एक अर्ब ५२ करोड ८२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको देखिएको बाग्मती प्रदेशका संस्कृति पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीले जानकारी दिनुभयो । सहकारीका अध्यक्ष दिनेश दर्शनधारीलगायतका पदाधिकारीको संलग्नतामा सहकारी समस्याग्रस्त बनेको देखिएको उहाँले बताउनुभयो ।  
 

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया