चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
गुल्मी – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले गुल्मीमा हवाई उडानको समय तालिकामा परिवर्तन गरेको छ । निगमले गुल्मीमा यसअघि बुधवार र शुक्रवार गरी हप्तामा दुई दिन उडान गर्दै आइरहेकोमा अबदेखि बिहीवार एक दिनमात्र उडान गर्ने भएको हो ।
नेपाल वायु सेवा निगमका आन्तरिक उडान गर्ने जम्मा दुई वटामात्रै जहाज छन् । एउटा जहाज मर्मतका लागि ग्राउन्डेड हुँदा एउटा जहाजले मात्रै देशका धेरैतिर उडान गर्नुपरेको छ । अर्को जहाज नबन्दासम्म गुल्मीमा निगमले हप्ताको एक दिनमात्रै उडान गर्ने रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभयो ।
गुल्मीमा एक वर्ष अघिदेखि व्यावसायिक रूपमा हवाई उडान भइरहेको छ । हवाई सेवा शुरू भएसँगै आन्तरिक एवम् बाह्य पर्यटक बढ्न थालेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।