कतार एअरवेजले भैरहवाबाट उडान थाल्याे

 कात्तिक २७, २०८१ मंगलबार १८:०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – कतार एअरवेजले आजदेखि दोहाबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान थालेको छ ।

कतारले एअरवेजले दोहा–भैरहवा–काठमाण्डौ रुटमा उडान गर्ने गरी अनुमति लिएको छ । दोहाबाट आएको जहाज आज दिउँसो भैरहवामा अवतरण गरेको छ । ३२ जना यात्रु लिएर आएको जहाजले भैरहवामा एक जना यात्रु झारेर बाँकी यात्रुलाई काठमाण्डौ ल्याएको छ । काठमाण्डौबाट यो जहाज फेरि दोहा जाँदैछ ।

भैरहवामा उडान गर्ने कतार एअरवेज पाँचौं कम्पनी हो । यसअघि नेपाल एअरलाइन्स, फ्लाई दुबई, जजिरा र थाई एअर एशियाले भैरहवाबाट उडान थालिसकेका छन् । अब भैरहवामा पाँच वटा वायु सेवाले हप्तामा २४ वटा उडान गर्नेछन् ।

अन्तिम अपडेट: मंसिर २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया