देशका धेरैजसो ठाउँको मौसम सफा : काठमाण्डौ उपत्यकासहितका शहर...
मंसिर २, २०८१ आइतबार
काठमाण्डौ – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय समितिले कीर्तिपुर नगरपालिकाको रिक्त मेयर पदमा कृष्णमान डङ्गोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
संसदीय समितिको हिजो बसेको बैठकले डङ्गोललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टी प्रदेश कार्यालयका मुख्यसचिव राजु नेपालले जानकारी दिनुभयो । उहाँ कांग्रेसको कीर्तिपुर नगर कार्यसमितिका सभापतिसमेत हुनुहुन्छ । पार्टीको विधानअनुसार उपमहानगरपालिका र नगरपालिकाको मेयर र उपमेयरको टिकट दिने अधिकार प्रदेश संसदीय समितिलाई रहेको छ ।
समितिमा प्रदेश कार्यसमितिका पदाधिकारी, काठमाण्डौबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र काठमाण्डौ जिल्ला सभापति सदस्य रहने विधानमा व्यवस्था छ । कीर्तिपुर नगरपालिकामा २०७९ सालको पालिका चुनावमा कांग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको निधन भएपछि आउँदो १६ गते उपचुनाव हुन लागेको हो ।
कीर्तिपुरमा अन्य दलले यसअघि नै उम्मेदवार छनोट गरिसकेका छन् । जसअनुसार एमालेले डा.सुरेन्द्र मानन्धर, माओवादीले प्राध्यापक डा. शिवशरण महर्जन र राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवारमा सिफारिश गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।