दुई दिनदेखि घटेको सुनको भाउ आज नौ सय रुपैयाँले बढ्यो

 मंसिर १२, २०८१ बुधबार ११:४९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले सुनको भन्सार दर घटाएसँगै दुई दिनदेखि घट्न थालेको सुनको भाउ आज भने सामान्य बढेको  छ ।

आज सुनकाे भाउ नौ सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन एकैदिन दुई हजार ६ सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ४८ हजार सात सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

सरकारले भारतमा सुनको भन्सार महसूल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशङ्काबीच भन्सार महसूल घटाइएको छ । सरकारले सुनमा भन्सार दर २० प्रतिशतबाट १० प्रतिशत र चाँदीमा १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया